मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु - Gyan Nepal

Saturday, October 21, 2017

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु


२०७४ कार्तिक ४ गते प्रकाशित





वाणगंगा नगरपालिका-६ सुठौलीमा बा २ ब ३५७० नं. को सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका आचार्यको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए 


शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुलवल पठाइएको छ भने ठक्कर दिने मोटरसाइल प्रहरीको नियन्त्रणमा छ ।


No comments:

Post a Comment