जुवाको खालबाट ९.५ लाख सहित २६ जना पक्राउ - Gyan Nepal

Saturday, October 21, 2017

जुवाको खालबाट ९.५ लाख सहित २६ जना पक्राउ



दशैँ-तिहारको समयमा चाड बाडको मौका छोपी जुवा-तास खेल्ने जुवाडेहरु मौलाउनु सोभाबिकनै हो |  यसैगरी तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्रामका तिहारको मौकामा जुवा खेली रहेको अवस्तामा मनिष अधिकारीको घरमाबाट २६ जनाको टोलि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको ९ लाख ४६ हजार १९५ रुपैयाँ र कौडा १६ थान तथा तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) पवनकुमार भट्टराइले जानकारी दिएका छन् |
गएराती २ बजेको समयमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका सबै इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । उक्त जुवा खालबाट ठुलो रकमको धन पक्राउ परेको र जुवा ऐन अन्तर्गत उनीहरुलाइ कारबाही हुने भट्टराईले बताए । पक्राउ पर्नेमा यातायात ब्यबसायी ,शिक्षक र ब्यापारी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment