हालसम्ममा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको ११ र १२ को परिक्ष्या अब आगामी २०७५ सालदेखि कक्ष्या ११ को भने राष्ट्रिय परीक्षा बोर्डले परिक्ष्या नालिगने भयको छ |तसर्थ आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ|
कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ । हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ ।
यहि सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भन्नुभयो, “अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ । ” र बोर्डले यसै वर्षबाट कक्षा ११ को नतिजा अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिका आधारमा सार्वजनिक गर्ने भएको छ ।

No comments:
Post a Comment