आजबाट पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य ह्वातै बढ्यो - Gyan Nepal

Wednesday, November 1, 2017

आजबाट पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य ह्वातै बढ्यो


आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले इन्धनको मुल्य बदायाको छ | यसमा सबै प्रकारका इन्धनको मूल्य बृद्धि गरेको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। 
 
पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको छ। गोइतका अनुसार अब देखिको भाउ एल.पि  ग्यासकोको मूल्य एक सिलिन्डरको १३ सय ५०, पेट्रोल लिटरको एक सय, डिजेल र मट्टितेलको मूल्य ७५ रुपैयाँ ५० पैसा पुर्याइएको छ।


 नयाँ मूल्यअनुसार पेट्रोलमा लिटरमा ५ रुपैयाँ ५० पैसा र मट्टितेल मा १६ रुपैयाँ २ पैसा, डिजेलमा ७५ पैसा र ग्यासमा प्रति सिलिन्डर २सय १५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
प्रकाशित कार्तिक १६,

No comments:

Post a Comment