नयाँदिल्ली,सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् ।आगोका कारण दुवै हातका औंला गुमाएका बालकका खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो ।
२०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए । प्लास्टिक सर्जरी विभागका प्राध्यापक राकेश कैनका अनुसार उनको नाडी आगोका कारण फैलिएको थियो । शल्यक्रियाको क्रममा उनको एक हात नाडीबाट र अर्को औंलादेखि पाखुरासम्म काट्नु परेको थियो । उनका हातले काम नगर्ने अवस्थामा थियो । कलम सम्मौना पनि नसक्ने भएको कारणले उनको आत्मविश्वास कमि भएको थियो ।
तर मेडिकल विज्ञानमा चमत्कार गर्नाको लागी चिकित्सकहरुले उनका खुट्टाका औंला हातमा ल्याएर जोड्ने प्रयास गरे । १० घण्टाको शल्यक्रिया क्रममा आगोबाट जलेको भागमा रक्तसञ्चार पुनः सुरु गराउन चिकित्सकहरु सफल भए ।
यो प्रक्रिया एकदमै चुनौतीपूर्ण थियो र लामो समय बेहोसीमा राख्नुपर्ने थियो, डा. कैनले भने तर माइक्रोभास्कुलर रक्तप्रवाह कायम राख्न औंला प्रत्यारोपण जरुरी थियो ।उनका अनुसार शल्यक्रिया असफल भएको भए ती बालक मानसिक आघातमा पर्नेसक्ने थिए तर अब उनी आफ्नो नियमित काममा फर्किन सक्ने भएका छन्।
२०७४ कार्तिक ८

No comments:
Post a Comment