मंसिर ९ । भोलि मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रादेशिक तथा प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामा सरकारले सार्वजनिक बिदा दिदै सार्बजनिक र निजि कुनै प्रकारका सवारी साधनहरु चल्ने नदिने भएको छ।
आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का रूकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश नं ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा चुनाव हुँदैछ ।
त्यसैले ई चुनाब हुने जिल्लाहरुमा सरकारले सार्बजनिक बिदा दिने भएको हो तर यस बाहेकका अन्य दोस्रो चरणको लागि छुट्टयाइएको ४५ जिल्लामा भने निर्वाचन नहुने हुदा कुनै पनि सवारी बन्द नहुने र सार्बजनिक बिदा पनि नरहेको जनाएका छन् ।

No comments:
Post a Comment