यस्ता नम्बरबाट फोन आए नउठाउन नेपाल टेलीकमको आग्रह - Gyan Nepal

Sunday, November 26, 2017

यस्ता नम्बरबाट फोन आए नउठाउन नेपाल टेलीकमको आग्रह


मंशिर ११, नेपाल टेलिकमले अपरिचित नम्बरबाट आएको फोन नउठाउन नागरिकलाई एस एम एस मार्फत आग्रह गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका, ०१२३४५६ र १२३४५६ जस्ता नम्बर र अननोन नम्बर बाट आएको कल नउठाउन अनुरोध गरेको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले यस्ता नम्बरबाट आएको कलबाट ठगीने क्रम बढ्नै गएको भन्दै नागरिकको हितको लागि जानकारी गराइएको बताइन् ।यस्ता अपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने र बैकमा पैसा पठाउन लगाउने अनि ठग्ने गरेको टेलिकमले जनाएको छ । यो नम्बर बाट कल गरेर चिठ्ठा परेको जानकारी गराउने र उल्टै ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमानै ग्राहकलाई एसएमएस बाट जानकारी गराउन थालिएको छ ।

No comments:

Post a Comment