शाहरुख खानको जन्मदिनको भोजमा दर्जनौ मोबाइल चोरी - Gyan Nepal

Saturday, November 4, 2017

शाहरुख खानको जन्मदिनको भोजमा दर्जनौ मोबाइल चोरी



बलिउडका चर्चित अभिनेता शाहरुख खानलाई जन्मदिनको शुभकामना दिनका लागि उनको बान्द्रास्थित बंगला मन्नतका अगाडि हजारौँ शुभेच्छु भेला भएका थिए ।

५२आैँ जन्मदिन मनाइरहेका शाहरुखले बिहीबार आफ्ना ती शुभेच्छुकको हात हल्लाएर स्वागत गरे । उनलाई शुभकामना दिन मुम्बई मात्र नभई अन्य स्थानबाट समेत दर्शक आएका थिए । दर्शकको भिड शाहरुखलाई हेर्न र उनलाई शुभकामना दिनमा व्यस्त थियो ।

त्यही भिडभाडको मौका पारेर अज्ञात व्यक्तिले झन्डै २० जनाको मोबाइल चोरेको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।मोबाइल कसले कसरी चोर्‍यो भन्ने कुरा भने पत्ता लागिसकेको छैन । पीडितहरूले बान्द्रा पुलिसमा आफ्नो मोबाइल चोरी भएको उजुरी दिएपछि पुलिसले अनुसन्धान सुरु गरेको छ ।

 सिसिटिभी फुटेजको चेकजाँचपछि चोर पत्ता लाग्ने बताइएको छ । आफूलाई शुभकामना दिन आएका शुभेच्छुकको मोबाइल चोरी भएकोमा शाहरुखले दुःख प्रकट गरेका छन् ।

No comments:

Post a Comment